ADD FOR WEBSIDE ADD FOR WEBSIDE

खेलकुद पुरस्कार सम्बन्धित कानून कार्यान्वयन :सदस्यसचिव घिसिङ

बुधबार, चैत २१, २०८०

काठमाण्डौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राखेपको ६० औं वार्षिकोत्सव नेपाली खेलकुदको संस्थागत विकास र आगामी मार्गनिर्देशनको आधार बन्ने विश्वास व्यक्त गरेका छन् । आगामी २० औं एशियाली खेलकुदमा स्वर्ण पदकसहित दोहोरो अंकको पदक जित्ने लक्ष्यसहित तयारी भइरहेको बताएका हुन् ।


खेलकुद पुरस्कार सम्बन्धित कानून व्यवस्थाको सुनिश्चिता भइसकेको र त्यसको कार्यान्वयन पनि छिट्टै हुने राखेप सदस्यसचिव घिसिङले विश्वास समेत गरेका छन् । नेपाली क्रिकेट टोलीलाई ट्वान्टी–२० विश्वकपको तयारीका लागि यो सरकारले पाँच करोड रुपैयाँ उपलब्ध गराएको प्रति घिसिङले धन्यवाद दिएका छन् । सो वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ बुधबार सम्मानित भएका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । पाँच खेलाडी (१ पारासहित), समान १÷१ प्रायोजक, स्थानीय तह र राष्ट्रिय खेल संघ, दुई खेल पत्रकार तथा ८ कर्मचारी (२ करारसहित) सम्मान भएका हुन् ।
सिनियरको पुरुषमा एथलेटिक्सका दीपक अधिकारी र महिलामा बक्सिङकी सुष्मा तामाङले सर्वोत्कृष्ट खेलाडी अवार्ड र ट्रफीसहित समान एक लाख नगद पुरस्कार पाए । जुनियरको पुरुषमा क्रिकेटका अर्जुन कुमाल र महिलामा पौडीकी डुवाना लामाले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारे । दुवैलाई जनही ५० हजार रुपैयाँ र ट्रफी प्रदान गरियो । पारा एथलिट खेलाडीको अवार्ड पौडीका भीमबहादुर कुमालले जिते । खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत नवलपरासीको मध्यविन्दु नगरपालिकालाई उत्कृष्ट स्थानिय तह तथा नेपाल भलिबल संघलाई उत्कृष्ट राष्ट्रिय खेल संघका रुपमा पुरस्कृत गरिएको छ ।

 

मध्यविन्दुका मेयर भीमलाल अधिकारी तथा भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अवार्ड ग्रहण गरे । कर्मचारीको प्रशासनिकतर्फ नायब वरिष्ठ प्रशासकिय अधिकृत भोजानन्द राईले सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, नायव वरिष्ठ प्रशासकिय अधिकृत सुनिलकुमार दाहालले उत्कृष्ट परिषद् सेवा पुरस्कार र नायव वरिष्ठ प्रशासकिय अधिकृत शारदा दाहालले परिषद् सेवा पुरस्कार प्राप्त गरे ।

त्यस्तै प्रशिक्षणतर्फ नायब वरिष्ठ कुस्ती प्रशिक्षक मुम्ताज अली इद्रिसी सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, क्रिकेट प्रशिक्षक मन्जुर आलम खान उत्कृष्ट परिषद् सेवा पुरस्कार र भलिबल प्रशिक्षक उमादेवी गुरुङ परिषद् सेवा पुरस्कारबाट पुरस्कृत भए । सर्वोत्कृष्ट, उत्कृष्ट र परिषद् सेवा पुरस्कारबाट पुरस्कृत हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित पुरस्कारसहित ट्रफी पाए । उनीहरूलाई प्रधानमन्त्री दाहाल, खेलकुद मन्त्री श्रेष्ठ, राखेप उपाध्यक्ष शिव कोईराला र सदस्यसचिव टंकलाल घिसिङले ट्रफी तथा पुरस्कार दिएका थिए ।  

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २१:५२
प्रतिक्रिया दिनुहोस्