ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै गर्न अनुरोध 

आइतबार, वैशाख ३०, २०८१

काठमाडौँ  : युवा तथा खेलकुद मन्त्रालयले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०८१ समयमानै सम्पन्न गर्न सकारसँग अनुरोध गरेको छ । प्रतियोगिता आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गरिने तय भएको छ । गत कार्तिकमा पोखरामा बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठकले आगामी संस्करणको प्रतियोगितामा २०८१ सालको मंसिर २ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको गरेको थियो ।

गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदको समापनमा बोल्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले दशौं राष्ट्रिय खेलकुदको मिति घोषणा गरेका थिए । युवा तथा खेलकुद मन्त्री  विराज भक्त श्रेष्ठको अध्यक्षतामा आइतवार बसेको विषयगत समितिको बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०८१ र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता प्रस्तावित समयमै गर्न सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो । 

Biraj-Bhakta-shreshtha-sportshubnews-1715527462.jpg

बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनमा राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषदको भूमिका सम्बन्धमा प्रदेश खेलकुद परिषदको प्रतिनिधि सहित छलफलबाट अन्तिम रुप दिन सुझाव दिने निर्णयपनि गरेको छ ।
खेलकुद पूर्वाधारको निर्माण, व्यवस्थापन र सञ्चालनको संघ, प्रदेश र स्थानीय तहमा वर्गिकरण गरी स्वामित्व हस्तान्तरणको लागि प्रदेश सरकारसँग समन्वय गर्ने र खेलकुद पूर्वाधार वर्गिकरण समितिले पेश गरेको प्रतिवेदन स्वीकृत भएपछि कार्यान्वयनका लागि तीनै तहमा लेखि पठाइने मन्त्रालयले जनाएको छ । 


यस्तै, मन्त्रालय अन्तर्गतका राष्ट्रिय खेलकुद परिषद, राष्ट्रिय युवा परिषद, नेपाल स्काउट र युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई संघीयता अनुकुल हुने गरी शासकीय प्रवन्ध मिलाउने भएको छ ।

राष्ट्रिय युवा नीति र राष्ट्रिय खेलकुद नीतिको मस्यौदामा प्रदेश स्तरबाट प्राप्त सुझाव समावेश गरी अन्तिम रुप दिने, राष्ट्रिय युवा परिषद ऐन, २०७२ को जिल्ला युवा समिति गठन भई क्रियाशील रहेको र प्रदेश कानून बमोजिम पनि जिल्ला युवा समितिको व्यवस्था हुँदा दोहोरो संरचना रहेको हुँदा सो सम्बन्धमा दोहोरो संरचना हटाउन कानून परिमार्जन गर्न सुझाव दिने निर्णय पनि भएको छ । 


नेपाल स्काउटमा आवद्ध स्काउटरहरुको तालिम, परिचालन, मानवीय ज्ञान प्रवर्द्धन गर्न प्रदेश सरकार र स्थानीय तहबाट सहयोग र सहजीकरण गरिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्