ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कर्नाटकले नेपाललाई दियो १९१ रनको लक्ष्य 

बिहीबार, मंसिर ६, २०८१

काठमाडौँ :१९ वर्ष मुनिको अभ्यास खेलमा भारतीय टोली कर्नाटकले जितकालागि नेपाललाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिमा तानिएको पाहुनाटोलीले निर्धारित ओभरमा सवै विकेट गुमाउँदै १९० रन बनायो । उसकालागि कप्तान रोहितले सर्वाधिक ४१ रनको योगदान गरे । इसा पुथिगेले ३८ तथा  गगन रावले ३४ रन बनाए । पाँच खेलको सिरिजमा यसअघि भएका खेलमा दुवै टोलीले दुई दुई खेल जितेपछि खेल २-२ को बराबरीमा छ ।  

यसअघिका चारवटा खेल मूलपानी क्रिकेट मैदानमा खेलाइए पनि पाँचौं तथा अन्तिम निर्णायक खेल त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा खेलाइएको छ । आजको खेल जित्ने टोलीले सिरिज हात पार्नेछ ।

१९ वर्ष मुनिको एसिया कपको तयारी स्वरूप नेपालले कर्नाटक विरुद्ध अभ्यास खेल खेलिरहेको हो ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्