ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कर्नाटक विरुद्धको एक दिवशीय सिरिज नेपाललाई

बिहीबार, मंसिर ६, २०८१

काठमाडौँ :कर्नाटक विरुद्धको एक दिवशीय सिरिज १९ बर्ष मुनिको नेपाली टोलीले जितेको छ ।

बिहिवार भएको पाँचौ तथा अन्तिम खेलमा पाहुनाटोलीलाई ७ विकेटले हराउँदै  नेपालले सिरिज कब्जा गरेको हो । जितकालागि कर्नाटकले दिएको १ सय ९१ रनको मध्यम लक्ष्य नेपालले ४० औं ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा ओपनरद्वय आकाश त्रिपाठी र मयन यादवले अर्धशतक प्रहार गरे ।

आकाशले नटआउट ८९ तथा मयनले ५० रन जोडे । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्नाटकले ५० ओभरमा अलआउट हुँदै १ सय ९१ रन जोड्यो ।

कर्नाटकले सिरिजमा पहिलो पटक पूरा ५० ओभर खेलेको हो । टोलीका लागि कप्तान रोहितले सर्वाधिक ४१ रन जोडे । अलराउन्डर इसा पुथिगेले ५६ बलमा नटआउट ३८ रन बनाएका थिए । नेपाले सिरजि ३–२ ले जितेको हो । 


 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्