सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भारत र अस्ट्रेलियाबीचको टेस्ट शृंखलाको पहिलो दिनमै १७ विकेट झरेको छ ।
अष्ट्रेलियाको पर्थमा टस जितेर पहिले ब्याटिङ थालेको भारत मात्र १५० रनमा अलआउट हुन पुगेपछि भारतीय टोलीको ब्याटिङका बिषयमा सामाजिक सञ्जालहरुमा बिभिन्न मिमहरु बनिरहेका छन् । पहिलो इनिङ्समा टेस्ट डेब्यू गरिरहेका नितिश कुमार रेड्डीले ६ चौका र १ छक्काको मद्दतमा ४१ रनको सबैभन्दा ठूलो इनिङ खेले ।
ऋषभ पन्तले ३७ तथा केएल राहुलले २६ रन बनाउँदा विराट कोहलीसहित अन्य ७ खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । कोहलीले जम्मा ५ रन बनाए ।
भारतलाई सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका जोस हेजलउडले सर्वाधिक ४ विकेट लिए । मिचेल स्टार्क, मिचेल मार्स र कप्तान प्याट कमिन्सले २–२ विकेट लिए ।पहिलो दिनमै आफ्नो पहिलो इनिङ सुरु गरेको अस्ट्रेलियाले पनि खराब सुरुवात गरेको छ ।
पहिलो दिनको समाप्तीमा अस्ट्रेलियाले ६७ रन जोड्दा ७ विकेट गुमाईसकेको छ । एलेक्स क्यारी १९ रनको अवस्थामा अविजित रहँदा उनलाई मिचेल स्टार्कले ६ रन बनाएर साथ दिइरहेका छन् ।
भारतको कप्तानी समालिरहेका जसप्रित बुमराहले सर्वाधिक ४ विकेट लिएका छन् । मोहम्मद सिराजले २ तथा हर्षित रानाले १ विकेट लिए । अस्ट्रेलियाका एलेक्स क्यारीको अविजित १९ रन नै सर्वाधिक रनका रुपमा रहेको छ ।
पहिलो दिन दुबै टोलीमा बलरले चम्त्कार गरेका छन् । दुवैतर्फ कूल १७ विकेट झरेका छन् । जसमध्ये १० विकेट भारतको र ७ विकेट अस्ट्रेलियाको छ ।
अब दोस्रो दिनको पहिलो इनिङमा भारतीय बलरले अस्ट्रेलियालाई अलआउट गर्ने अपेक्षा गरिएको छ । पहिलो दिनको खेल सकिदाँ अस्ट्रेलिया ८३ रनले पछाडि छ ।