सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
नवलपुर :इम्प्याक्ट म्याराथन २०२४ सुरु भएको छ ।
स्वास्थ्य र पर्यटनका लागि दौड भन्ने नाराका साथ मेलम्ची ६ बतासेमा सुरु भएको छ । म्याराथनको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गरेका छन् । तीन चरणमा सुरु भएको म्याराथन ४२ , २१ तथा १० किलोमीटरको हुने छन् ।४२ किलोमिटर समुहमा १५ जना सहभागी छन् ।
जसमध्ये १४ जना विदेशी र एकजना नेपाली रहेका छन् । नेपालीमा स्थानीय शिक्षक ज्यानबहादुर तामाङ रहेका छन् । २१ किलोमीटर समुहमा २३ जना र १० किलोमिटर समुहमा १०१ जना सहभागी भएका आयोजकले जनाएको छ । ४२ किलोमिटर समुहको बिहान सात बजे २१ किलोमिटर समूहको बिहान ८ बजे र १० किलोमिटर समूहको बिहान ९ बजे सुरु भएको हो ।
धौलेश्वर महादेवको प्रचारप्रसार तथा पर्यटन प्रवर्धनका उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा स्थानीयका लागि १० किलोमिटर, स्वदेशी तथा विदेशीका लागि २१ किलोमिटर र अन्य इच्छुक खेलाडीहरूका लागि ४२ किलोमिटरको रुट तय गरिएको छ ।
इम्प्याक्ट म्याराथन र टार्गेट हिमालय ट्रेक्स प्राइभेट लिमिटेड को आयोजनामा भएको म्याराथन बतासेबाट सुरु भई थकनी थानकुने भन्ज्याङ हुँदै धौले परिक्रमा गरी पुनः बतासेमा आएर समापन हुने संयोजक दावा तामाङले जानकारी दिए ।
खेलाडीहरूलाई आयोजकले टिसर्टसंगै आकर्षक पुरस्कार दिने बताएको छ । म्याराथनका बतासेमा भएको यो तेस्रो वर्ष हो । नेपालमा भने नवौँ वर्ष पुगेको छ ।