SONAM WEAR SONAM WEAR

तेक्वान्दो प्रशिक्षक अधिकारीलाई आउटस्टयान्डिङ्ग सम्मान

शनिबार, मंसिर ८, २०८१

काठमाडौँ :तेक्वान्दो प्रशिक्षक जगन अधिकारीले आउटस्टयान्डिङ्ग सम्मान पाएका छन् ।

कुकिवानद्वारा संयुक्त राज्य अमेरिकाको सिकागो सहरमा यहि नोभेम्बर ११ देखि २१ सम्म आयोजना गरेको ११५ औं तेश्रो श्रेणी अन्तराष्ट्रिय तेक्वान्दो मास्टर कोर्स २०२४मा सहभागीता जनाएका अधिकारीलाई सहभागीहरु मध्येबाट सर्वोत्कृष्ट प्रदर्शन गरेको भन्दै आउटस्टान्डिङ्ग प्रशंसा–पत्र र बेल्टद्वारा सम्मान गरिएको हो ।

उनले बिश्व तेक्वान्दो महासंघको मुख्यालय कुकिवानबाट आउटस्टयान्डिङ्ग सम्मान प्राप्त गरेका हुन् । युएईलाइ कर्मक्षेत्र बनाएर तेक्वान्दोको विकास र विस्तारमा लगनशिल भएका प्रशिक्षक अधिकारीलाई बिश्व तेक्वान्दो एकेडेमीका निर्देशक सन ली किमले प्रशंसापत्र र तीन पटकका बिश्व च्याम्पियन तथा कोरियाली तेक्वान्दो पुम्से राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक ग्रान्डमास्टर जे–युन आनले कुकिवान बेल्ट प्रदान गरेका थिए ।
 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्