ADD FOR WEBSIDE ADD FOR WEBSIDE
ईण्डियन प्रिमियर लिग :

चेन्नेईसंग हार्‍यो राजस्थान 

आइतबार, वैशाख ३०, २०८१

काठमाडौँ :ईण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा दोस्रो स्थानको राजस्थान रोयल्स, चेन्नेई सुपर किङ्ससंग पराजित भएको छ ।  आईतबार भएको खेलमा राजस्थान ५ विकेटले पराजित हुन पुगेको हो । जितका लागि राजस्थानले दिएको १४२ रनको लक्ष्य चेन्नेईले १८ दशमलब २ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

चेन्नेईको जितमा कप्तान ऋतुराज गायकवाडले अविजित ४२ रनको योगदान गरे । रचिन रबिन्द्रले २७ तथा ड्यारेल मिचेलले २२ रन जोडे । प्लेअफमा स्थान बनाउन राजस्थानले अब बाँकी दुई खेल मध्ये एक खेल जित्नै पर्ने दबाब छ । एक मात्र खेल खेल्न बाँकी चेन्नेईलाई पनि उक्त खेल जित्नै पर्ने छ ।  

त्यसअघि एम.ए चितम्बरम स्टेडियम चेन्नेईमा टस जितेर पहिले ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४१ रन बनाएको थियो । राजस्थानका लागि रियान परागले अविजित रहँदै सर्बाधिक ४७ रनको योगदान गरे । धुब्र जुरेलले २८ ,यशस्वी जैसवालले २४ तथा जोश बटलरले २१ रन जोडेका थिए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्