ADD FOR WEBSIDE ADD FOR WEBSIDE

इम्प्याक्ट म्याराथनमा रोबर्ट पहिलो

शनिबार, मंसिर ८, २०८१

नवलपुर :इम्प्याक्ट म्याराथन २०२४ सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनका लागि दौड भन्ने नाराका साथ आयोजना गरिएको म्याराथनमा देश तथा विदेशका गरी ३०४ जना खेलाडीहरूले सहभागिता जनाएका थिए । जसमध्ये विदेशी ३० जना र अन्य नेपालीहरू रहेका थिए ।

मेलम्ची ६ बतासेमा शनिवार भएको म्याराथनको ४२ किलोमीटर पुरुषतर्फ लुके रोबर्ट पहिलो भएका छन् । त्यस्तै दिवाकर शाह दोस्रो र बेन सिल्भेर्स तेस्रो भए । महिलातर्फ ४२ किलोमिटरमा सोइ स्कोरिक पहिलो, कोमा दोस्रो र चारु तेस्रो भएका छन् । २१ किलोमिटर समूह अन्तर्गत पुरुषतर्फ सुप्रिम तामाङ पहिलो, निखिल तामाङ दोस्रो र नरसिंह तेस्रो भए । महिलातर्फ रेचेल लमन पहिलो जुडित ब्रुन्सेल्स दोस्रो र  लिलिन पेलुके तेस्रो भए ।

१० किलोमिटरमा पुरुषतर्फ सुदिप तामाङ पहिलो, रमेश तामाङ दोस्रो र सुजन तामाङ तेस्रो हुँदा महिलातर्फ सुस्मिता तामाङ पहिलो, पासाङ तामाङ दोस्रो र गंगा तामाङ तेस्रो भएको आयोजकले जनाएको छ ।
म्याराथनमा सहभागी खेलाडीहरूले स्वदेशी तथा विदेशी अन्य अनुभवी खेलाडीहरूसँग दौडिन पाएकोमा खुसी लागेको बताएका छन् । धौलेश्वर महादेवको प्रचारप्रसार तथा पर्यटन प्रवर्धनका उद्देश्यले आयोजना गरिएको  म्याराथनको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद मोहन बहादुर बस्नेतले उद्घाटन गरेका थिए ।

इम्प्याक्ट म्याराथन र टार्गेट हिमालय ट्रेक्स प्राइभेट लिमिटेड को आयोजनामा भएको म्याराथन बतासेबाट सुरु भई थकनी थानकुने भन्ज्याङ हुँदै धौले परिक्रमा गरी पुनः बतासेमा आएर समापन भएको संयोजक दावा तामाङले जानकारी दिए ।

खेलाडीहरूलाई आयोजकले टिसर्ट उपलब्ध गराउनका साथै आकर्षक पुरस्कारको पनि व्यवस्था गरिएको उनले जानकारी दिए । यो प्रतियोगिता नेपालमा आयोजना भएको नौ वर्ष भएको छ भने बतासेमा भएको यो तेस्रो वर्ष हो ।
 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्