एसिया कपमा नेपालले श्रीलंकासंग खेल्दै

शुक्रबार, मंसिर १४, २०८१

काठमाडौँ :१९ बर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले शुक्रवार श्रीलंकासंग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समयअनुसार बिहान १०ः४५ मा सारजहा क्रिकेट मैदान युएईमा सुरु हुने खेलमा दुवै टोली पहिलो जित निकाल्दै सुखद् सुरुवात गर्न चाहान्छ । एसिया कपमा नेपाल र श्रीलंकाबीच पाँच खेल भएका छन् जसमा नेपालले सवै खेलमा हार भोगेको छ ।

नेपाल क्रिकेटसंघ क्यानले शक्ति गौचनलाई मुख्य र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी तोकेको छ ।
शुक्रवार नै हुने उद्घाटन खेलमा अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्