सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले पराजय भोगेको छ ।
युएईमा शुक्रवार भएको आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको हो । जितका लागि श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछाएको नेपाल ४४ दशमलव २ ओभरमा अल आउट हुँदै १७८ रनमा समेटियो । नेपालका लागि मैयन यादवले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६१ रनको योगदान गरे।
९० बलको सामना गरेका उनले तीन चौका र दुई छक्का प्रहार गरे। आकाश त्रिपाठीले १९, उत्तम मगरले १७,नरेण साउदले १६ , अर्जुन कुमाल र नरेन भट्टले १२-१२ ,सन्तोष यादवले ११ तथा रोशन विश्वकर्माले ५ रनको योगदान गरे ।नेपाललाई सस्तैमा समेट्ने क्रममा प्रवीण मनिषले सर्वाधिक ३ विकेट लिए ।
त्यसअघि युएइको सारजाहा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको विशाल योगफल बनाएको थियो।
उसका लागि दुई खेलाडीले अर्धशतक प्रहार गरे। उसकालागि शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रनको योगदान गरे । लकविन अबेसिङ्घेले ५२ रन बनाए ।