ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल:

बैङलुरुको लगातार पाँचौं जित ,प्लेअफको सम्भावना जिवितै

सोमबार, वैशाख ३१, २०८१

काठमाण्डौ :ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङलुरुले प्लेअफको सम्भावना जिवितै राखेको छ । आईतबार राती भएको खेलमा दिल्ली क्यापिटल्सलाई ४७ रनले हराउँदै बैङलुरुले प्लेअफको बलियो सम्भावना कायमै राखेको हो ।

बैङलुरुले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा अलआउट हुँदै १४० रनमा समेटियो । दिल्लीका कप्तान अक्षर पटेलले अर्धशतकिय पारी खेल्दै सर्बाधिक ५७ रन जोडे ।

शाही होपले २९ तथा जेक फ्रेजर–म्याकगुर्कले २१ रन बनाए पनि अन्य ब्याटरले सम्झनलायकको प्रदर्शन गर्न सकेनन्। दिल्लीलाई सस्तैमा समेट्ने क्रममा यश दयाले सर्बाधिक ३ विकेट हात पारे ।

त्यसअघि एम चिन्नास्वामी स्टेडियम बैङलुरुमा टस जितेर पहिले ब्याटिङ थालेको बैङलुरुले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १८७ रन बनाएको थियो । उसका लागि रजत पाटीदारले सर्बाधिक ५२ वेल ज्याक्सले ४१,क्यामरुन ग्रिनले ३२ तथा बिराट कोहलीले २७ रनको योगदान गरे ।

Virat-Koli-sportshubnews-1715537097.jpg

जितसंगै बैङलुरु दुई स्थान माथि उक्लदैँ १२ अंक सहित अंकतालिकाको पाचौँ स्थानमा उक्लिएको छ । हारसंगै दिल्लीको प्लेअफको सम्भावना सकिएको छ ।

बैङलुरुको आईपीएल २०२४ मा यो लगातार पाँचौं जित हो । बैङलुरु प्लेअफमा पुग्ने हो भने अब लिग चरणको अन्तिम खेल जित्नुपर्नेछ  भने चेन्नेई र हैदराबाले अबको खेलमा पराजय भोगेमा बैङलुरु प्लेअफमा पुग्नेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्