ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एनपीएल : सुदूरपश्चिमसंग जनकपुर ७२ रनले पराजित

बुधबार, मंसिर २६, २०८१

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएलमा) मा जनकपुर बोल्ट्सले पहिलो हार भोगेको छ ।

बुधवार भएको खेलमा जनकपुर सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको हो । जितकालागि सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ अलआउट हुन पुग्यो । जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाएपनि अन्य कुनैपनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

कप्तान अनिल शाह,शेर मल्ल र शुभ कंसाकारले खातानै खोल्न सकेनन् । जनकपुरलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले दुई÷दुई विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा  १२३ रन बनाएको थियो । उसकालागि विनोद भण्डारीले सर्वाधिक ३३ रनको योगदान गरे ।  सैफ जैबले २१, इशान पाण्डेले १७ तथा ब्राण्डन म्याकमुलेनले ११ रन जोडे ।

जितसंगै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएपनि सुदूरपश्चिम नेटरनरेटमा अघि छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्