ADD FOR WEBSIDE ADD FOR WEBSIDE

काठमाडौं गुर्खाजले दियोे जनकपुरसामु १०२ रनको लक्ष्य

बिहीबार, मंसिर २७, २०८१

काठमाडौँ :नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्ससामु जितकालागि १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदान किर्तीपुरमा  टस जितेर पहिले ब्याटिङ थालेको काठमाडौं गुर्खाज १९.३ ओभरमा १०१ रनमा अलआउट हुन पुग्यो ।उसकालागि जेरार्ड  इरास्मसले सर्वाधिक २० तथा कप्तान करण केसीले १९ रन जोडे ।

स्टीफन एस्किनाजीले १७ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

काठमाडौं गुर्खाजलाई सस्तैमा समेट्ने क्रममा ललित नारायण राजवंशी र शेर मल्लले सर्वाधिक तीन/तीन विकेट लिए । मोहम्मद मोहसिनले २ तथा शेर मल्ल र किशोर महत्तोले एक/एक विकेट लिए ।

प्लेअफमा स्थान बनाउन दुवै टोलीलाई जित्नै पर्ने दबाब छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्