सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा भोली (शुक्रवार) नेपाल आइपुग्ने भएका छन् ।
उनी भोली (शुक्रवार) बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । लारा नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । उनको अन्य कार्यतालिकाबारे भने केहि खुलाईएको छैन ।
ट्रिनिडाड एन्ड टोबागोका महान ब्याटर ५५ वर्षे लाराले ओडिआइ र टेस्ट क्रिकेट दुवैमा १० हजार भन्दा बढि रन बनाएका छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान लाराकै नाममा छ ।
लारा अहिले परोपकारी कार्य, क्रिकेट कमेन्ट्री, र युवा क्रिकेटरहरूको प्रशिक्षणमा सक्रिय छन् । सन् २०२० मा, उनलाई क्रिकेटको सर्वश्रेष्ठ खेलाडीहरूमध्ये एक मान्दै आईसीसीले हल अफ फेम मा समावेश गरेको थियो । सानै उमेरदेखि क्रिकेट खेल्न रुचि राख्ने लारालाई उनका बाबुले क्रिकेट प्रशिक्षणमा पठाएका थिए । लाराका ११ जना दाजुभाई तथा दिदी बहिनी छन् ।
सन् १९९० मा पाकिस्तान विरुद्ध उनले टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । उनले कूल १३१ टेस्ट म्याच खेल्दा ११ हजार ९५३ रन बनाएका छन् ।
यो स्कोर टेस्ट क्रिकेटको इतिहासमा कुनै पनि ब्याट्सम्यानद्वारा बनाइएको सबैभन्दा उच्च व्यक्तिगत स्कोर पनि हो ।