सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिताको प्लेअफ सम्भावना कायमै राखेको छ ।
आज भएको खेलमा एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको लुम्बीनीलाई ५ रनले हराउँदै कर्णाली याक्सले प्लेअफको सम्भावना कायमै राखेको हो । जितकालागि कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बीनीले निर्धारित ओभरमा ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्रै बनाउन सक्यो ।
उसकालागि टम मोरिसले सर्वाधिक ३६ रनको योगदान गरे । सन्दीप जोराले २४, सादबीन जफर र आषुतोष घिरैयाले समान १६ रन बनाउँदा अर्जुन साउदले १३ तथा कप्तान रोहित पौडेलले १० रन जोडे ।
त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङमा तानिएको कर्णाली याक्सले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनायो । उसकालागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रनको योगदान गरे । ३० बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । अर्धशतक बनाउन उनी ६ रनले चुके ।
अर्जुन घर्तीले २५ रन बनाए । यी दुई जोडीले पाँचौ विकेटकालागि ७२ रनको साझेदारी गरे । बाबर हायातले सर्वाधिक २० रनको योगदान गरे । २२ बल खेलेका उनले एक चौका र एक छक्का प्रहार गरे । चाडविक वाल्टनले १३ रन बनाए । लङ सट हान्ने क्रममा उनी तिलकको बलमा अभिषेश गौतमको हातबाट क्याच हुन पुगेका हुन् ।
गुल्शन झाले ८ रन बनाए । ११ बल खेलेका उनले एक चौका प्रहार गरेका थिए । कप्तान सोमपालकामीले ७ तथा देव खनालले ३ रन जोडे । खनाल साद बिन जफरको बलमा रामोन सिमन्ड्सद्वारा क्याच आउट भएका हुन् । बलिङतर्फ बिकास अग्रीले सर्वाधिक ३ विकेट लिए । तिलक भण्डारीले दुईतथा साद बिन जफर , रामोन सिमन्ड्स र रोहित पौडेलले एक एक विकेट लिए । पावर प्लेमा कर्णालीले एक विकेट गुमाएर २८ रन बनाएको थियो । हारसंगै लुम्बीनी घर फर्किएको छ ।