ADD FOR WEBSIDE ADD FOR WEBSIDE

बिराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

शुक्रबार, मंसिर २८, २०८१

काठमाडौँ :नेपाल प्रिमियर लिग एनपिएल  क्रिकेटमा बिराटनगर किङ्सले चितवन राइनोज सामु जितकालागि १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर ब्याटिङ थालेको बिराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रन बनायो । उसकालागि बसिर अहमदले अर्धसतकीय पारी खेल्दै नटआउट ६८ रनको योगदान गरे ।

४४ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । मार्टिन गुप्टिलले ४५ रन जोडे । राजेश पुलामीले नटआउट ३३ रन बनाए । बलिङतर्फ रिजन ढकालले दुई विकेट लिए ।

चितवन बिराटनगरलाई हराउँदै प्लेअफ संभावना बलियो बनाउने दाउमा हुनेछ । पाँच खेलमा एक खेल मात्र जितेको बिराटनगर पराजित भएमा प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्