ADD FOR WEBSIDE ADD FOR WEBSIDE

बिराटनगरले चितवनलाई ५१ रनले हरायो

शुक्रबार, मंसिर २८, २०८१

काठमाडौँ : एनपिएल क्रिकेटमा बिराटनगर किङ्गसले दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा चितवन राइनोजलाई ५१ रनले हराउँदै बिराटनगरले दोस्रो जित निकालेको हो । जितकालागि बिराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १३० रन मात्रै बनाउन सक्यो ।

उसकालागि अमर रौतेलाले सर्वाधिक ४२ रनको योगदान गरे । सन्तोष कार्कीले २८,कप्तान कुशल मल्लले २५ तथा रबि बोप्राले २० रन बनाएपनि अन्य कुनै पनि ब्याटरले दाहोरो अंकको रन छुन सकेनन् । बलिङतर्फ सन्दीप लामीछानेले दुई विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर ब्याटिङ थालेको बिराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । उसकालागि बसिर अहमदले अर्धसतकीय पारी खेल्दै नटआउट ६८ रनको योगदान गरे ।

४४ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । मार्टिन गुप्टिलले ४५ रन जोडे । राजेश पुलामीले नटआउट ३३ रन बनाए । बलिङतर्फ रिजन ढकालले दुई विकेट लिए ।

बिराटनगरको जितले प्लेअफको समिकरण थप रोचक बनेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्