सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट अन्तर्गत पोखरा एभेन्जर्स विरुद्ध काठमाण्डु गुर्खाजले टस जितेको छ ।
त्रिवी क्रिकेट मैदानमा काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । प्लेअफको सम्भावना बलियो बनाउन दुवै टोलीमाथि जित्नै पर्ने दबाब छ ।
पोखरा र काठमाडौँ दुबै टोलीले पाँच-पाँच खेल खेल्दा दुई-दुई खेलमा जित र तीन-तीन खेलमा हार बेहोर्दै समान चार-चार अङ्क बनाएको छ । नेट रन रेटमा काठमाडौँ छैठौं स्थानमा रहँदा पोखरा समान अङ्क भएपनि सातौं स्थानमा रहेका छन् ।