सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा पोखरा एभेन्जर्सले काठमाण्डु गुर्खाजसामु १३९ रनको चुनौति पेश गरेको छ ।
त्रिवी क्रिकेट मैदानमा काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा तानिएको पोखराले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनायो ।
उसकालागि रेमन रिफरले अविजित रहँदै सर्वाधिक ४१ रनको योगदान गरे । दिनेश खरेलले ३८ रन जोडे । २५ बल खेलेका उनले ६ चौका र एक छक्का हिर्काए । दिलीपनाथले २७ रन बनाए । आकर्षित गोमेलले ८ रन बनाउँदा कप्तान कुशल भुर्तेलले ७ रनमात्रै जोड्न सके ।
आन्दे्रस गोस र नारायण जोशीले खातानै खोल्न सकेनन् । बलिङतर्फ राशिद खान र करण केसीले समान तीन-तीन विकेट लिए । जिरार्ड इरास्मस, र माईकल लेभिटले एक एक विकेट हात पारे ।
प्लेअफको सम्भावना बलियो बनाउन दुवै टोलीमाथि जित्नै पर्ने दबाब छ । जारी लिगमा प्लेअफमा पुगिसकेको जनकपुर बोल्ड्स् १० अंक सहित शिर्ष स्थानमा छ ।
८ अंकको सुदूरपश्चिम दोस्रो तथा समान अंकको कर्णाली याक्स तेस्रो स्थानमा छ । ६ अंकको चितवन राईनोज् चौथो स्थानमा छ ।