ADD FOR WEBSIDE ADD FOR WEBSIDE

काठमाण्डुको प्लेअफ सम्भाना कायमै ,पोखरा ६ विकेटले पराजित

शनिबार, मंसिर २९, २०८१

काठमाडौं :काठमाण्डु गुर्खाजले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा प्लेअफको सम्भावना कायमै राखेको छ ।

शनिवार आज भएको खेलमा पोखरा एभेन्जर्समाथि ६ विकेटको शानदार जित निकाल्दै गुर्खाजले प्लेअफको सम्भावना जिवितै राखेको हो । जितकालागि पोखराले दिएको १३९ रनको मध्यम लक्ष्य गुर्खाजले १४.१ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । गुर्खाजको जितमा स्टीफन एस्किनाजीले सर्वाधिक ६० रनको योगदान गरे ।

माईकल लेभिडले ३२ रन जोडे । पहिलो विकेटकालागि यी दुई जोडीले ५८ रनको बलियो साझेदारी गरेका थिए । जिरार्ड इरास्मसले अविजित २५ रन बनाउँदा भिम सार्कीले २२ रन जोडे । करण केसीले १ रन बनाए । बलिङतर्फ विपीन खत्रीले तीन तथा माईकल लिस्कले एक विकेट लिए । 
त्यसअघि त्रिवी क्रिकेट मैदानमा काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा तानिएको पोखराले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनाएको थियो ।

उसकालागि रेमन रिफरले अविजित रहँदै सर्वाधिक ४१ रनको योगदान गरे । दिनेश खरेलले सर्वाधिक ३८ रन जोडे । २५ बल खेलेका उनले ६ चौका र एक छक्का हिर्काए । दिलीपनाथले २७ तथो २३ रन बनाए । आकर्षित गोमेलले ८ रन बनाउँदा कप्तान कुशल भुर्तेलले ७ रनमात्रै जोड्न सके ।

आन्दे्रस गोस र नारायण जोशीले खातानै खोल्न सकेनन् । बलिङतर्फ राशिद खान र करण केसीले समान तीन–तीन विकेट लिए । जिरार्ड इरास्मस, र माईकल लेभिटले एक–एक विकेट हात पारे । 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्