ADD FOR WEBSIDE ADD FOR WEBSIDE
ललितपुर मेयर कप :

महिला क्रिकेटमा आज पनि दुई खेल ,वर्षा बाधक बन्न सक्ने

सोमबार, वैशाख ३१, २०८१

काठमाडौँ : काठमाडौँमा जारी ललितपुर मेयर कप टि–२० महिला क्रिकेटमा सोमवार दुई खेलहरु हुने भएका छन् । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा बिहान ९ः३० बजे हुने पहिलो खेलमा बागमती प्रदेश र एपिएफबीच प्रतिस्पर्धा हुन लागेको हो ।

एपिएफ लगातार दोस्रो जितको खोजिमा रहँदा बागमती पहिलो जित निकाल्न चाहान्छ । त्रिवि मैदानमै दिउँसो १ः३० बजे हुने दोस्रो खेलमा कोशी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा ललितपुर-११ लाई पराजित गर्दै उच्च लयमा रहेको सुदुरपश्चिम लगातार दोस्रो जितको खोजिमा छ ।

कोशी पहिलो जित निकाल्न चाहान्छ । आईतवार भएको पहिलो खेलमा कोशी एपिएफसंग २४ रनले पराजित भएको थियो । चौथो संस्करणमा ललितपुर मेयर ११ ,सशस्त्र प्रहरीको एपिएफ, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश ,मधेश प्रदेश र  कोशी प्रदेश गरी ६ टोलीको सहभागिता छ । प्रतियोगिताको शिर्ष दुईमा पुग्ने टोली फाईनलमा पुग्ने छन् ।

वर्षा बाधक बन्न सक्छ 
काठमाडौँसहित देशभरको मौसममा बदली आएसंगै मध्यान्ह पछि बर्षा हुने गरेको छ । आईतवारपनि वर्षा बाधक बन्दा दुवै खेल प्रभाबित बन्न पुगेको थियो । सोमवार पनि देशभर आंशिक देखि साधारणतया बदली रहने देखिन्छ ।

देशका पहाडी भूभागका थोरै स्थानहरूसंगै तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग,हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम प्रतिकुल बनेको हो । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्