ADD FOR WEBSIDE ADD FOR WEBSIDE

चितवनले जनकपुरलाई ३२ रनले हरायो

शनिबार, मंसिर २९, २०८१

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा चितवन राईनोजले जनकपुर बोल्ड्स्लाई पराजित गरेको छ ।

आज भएको खेलमा चितवनले जनकपुरलाई ३२ रनले पराजित गरेको हो । जितसंगै चितवनले प्लेअफको सम्भावना बलियो बनाएको छ । जितकालागि १८१ रनको लक्ष्य पछ्याउको जनकपुर १८ ओभरमा १४८ रनमा अलआउट हुन पुग्यो । उसकालागि जिमी निसमले सर्वाधिक ६५ रनको योगदान गरे । आशिफ शेखले २३,शुभ कंसाकारले १५ तथा मोहम्मद मसिनले १३ रन बनाए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो । उसकालागि कप्तान कुशल मल्लले सर्वाधिक ७२ रनको योगदान गरे । रबी बोपाराले ४४ रन बनाए ।चौथो विकेटकालागि मल्ल र बोपाराले ११३ रनको शतकीय साझेदारी खेलेका थिए । हसन इसाखिलले २८ तथा सन्तोष कार्कीले १४ रन जोडे ।

बलिङतर्फ ललित राजवंशीले दुई विकेट लिए । हर्ष ठाकर,जेम्स नसीम र मोहम्मद मसिमले एक–एक विकेट लिए । प्लेअफमा स्थान सुरक्षित बनाउन चितनलाई जित्नै पर्ने दबाब छ । आजको नतिजाले जनकपुरलाई भने कुनै असर गर्ने छैन ।

जनकपुर एक खेल अगावै प्लेअफमा पुगिसकेको छ । पोखरा एभेन्जर्स र बिराटनगर  किङ्गस  पनि प्रतियोगिताबाट बाहिरिएका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्