सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतवार आज पनि दुई खेल हुने भएका छन् ।
आज हुने पहिलो खेलमा काठमाण्डु गुर्खाज र विराटनगर किङ्स बीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल बिहान ९ बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।
प्लेअफको सम्भावना बलियो बनाउन काठमाण्डुमाथि आजको खेल जित्नै पर्ने दबाब छ । विराटनगर भने प्रतियोगिताबाट अङ्कगणितीय रुपमा बाहिरिसकेकाले आजको खेल उसका लागि प्रतिष्ठाका लागि मात्रै हुनेछ ।
आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्चर्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोली बीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ । दुई खेल खेल्न बाँकी रहेको सुदूरपश्चिम लगभग प्लेअफमा पुगिसकेको छ ।
आज जित निकाल्न सके प्लेअफमा पुग्ने दोस्रो टोली बन्नेछ ।सोमबार हुने एक मात्र खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली याक्सको सामना गर्नेछ ।