ADD FOR WEBSIDE ADD FOR WEBSIDE

विराटनगरले दियो काठमाण्डुलाई ११८ रनको लक्ष्य 

आइतबार, मंसिर ३०, २०८१

काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सले काठमाण्डु गुर्खाजसामु ११८ रनको चुनौति पेश गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङमा तानिएको विराटनगर एक बल अगाबै ११७ रनमा समेटियो । उसकालागि राजेश पुलामीले सर्वाधिक २५ रनको योगदान गरे । दिपक बोहराले २० रनको योगदान गरे । स्कट एडवार्डसले १५ तथा बसिर अहमदले १३ रन बनाए ।

निकोलश क्रिटनले १२ तथा लोकश बमले ८ रन बनाउँदा कप्तान सन्दीप लामिछाने शुन्य रनमा आउट भए । बलितर्फ ग्रेहार्ड इरास्मसले सर्वाधिक ३ विकेट लिए । दिपेश कँडेलले दुई विकेट हात पारे ।

प्लेअफको झिनो सम्भावना बोकेको काठमाण्डुले विराटनगरलाई जितेर मात्रै पुग्ने छैन । उसले अन्य खेलका समिकरण कुर्नुपर्नेछ । प्लेअफको तीन स्थानका लागि सुदूरपश्चिम रोयल्स,चितवन राईनोज,कर्णाली याक्स र काठमाण्डुसहित चार टोली प्रतिस्पर्धामा रहेका छन् ।

बिराटनगर भने प्रतियोगिताबाट बाहिरिसकेको छ । पोखरा एभेन्जर्स र लुम्बीनी लायन्सपनि बाहिरिसकेका छन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्