सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : काठमाण्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफको झिनो सम्भावना कायम राखेको छ ।
दिपेश कँडेल नायक बन्दा हारिसकेको खेलमा काठमाण्डुले विराटनगरविरुद्ध एक विकटको रोमाञ्चक जित निकालेको हो । विराटनगर किङ्सले दिएको ११८ रनको लक्ष्य काठमाण्डुले १८.१ ओभरमा ९ विकेट गुमाएर भेट्टायो । जितकालागि १२ बलमा २ रनको आबश्यकता रहँदा ९ विकेट गुमाईसकेको अबस्थामा कँडेलले सुभाष भण्डारीको बलमा चौका प्रहार गर्दै जित दिलाएका हुन् ।
उसकालागि प्रकाश श्रेष्ठले सर्वाधिक ३९ रनको योगदान गरे । ३४ बल खेलेका उनले २ चौका र एक छक्का प्रहार गरे । राशिद खानले १४,ग्रेहार्ड इरास्मसले १२,दिपेश कँडेलले नटआउट ११ तथा माईकल लेभिटले १० रन जोडे । बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।
खेल जितेपनि काठमाण्डुको प्लेअफ यात्रा निकै कठिन देखिएको छ । जितसंगै काठमाण्डुले ८ अंक जोडेपनि नेटरनरेटमा समानअंकको कर्णालीभन्दा पछाडी रहेकाले अंकतालिको पाँचौ स्थानमा छ । सोमवार हुने खेलमा कर्णाली याक्स सुदूरपश्चिमसंग भारी अन्तरले पराजित भएमा काठमाण्डु प्लेअफमा पुग्ने छ ।