ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य

आइतबार, मंसिर ३०, २०८१

काठमाडौँ :नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्चर्ससामु जितकालागि रनको १५४ लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङमा तानिएको सुदूरपश्चिमले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १५३ रन बनायो । उसकालागि आरिफ शेखले नटआउट सर्वाधिक ५२ रनको योगदान गरे । ब्राण्डन म्याकुलमले २३ तथा कप्तान दिपेन्द्र सिं ऐरीले २० रन बनाए । बिनोद भण्डारीले १४ तथा इसान पाण्डेले १० रन जोडे ।

दुई खेल खेल्न बाँकी रहेको सुदूरपश्चिम लगभग प्लेअफमा पुगिसकेको छ ।

आज जित निकाल्न सके प्लेअफमा पुग्ने दोस्रो टोली बन्नेछ । सोमबार हुने लिग चरणको अन्तिमखेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली याक्सको सामना गर्नेछ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्