ADD FOR WEBSIDE ADD FOR WEBSIDE

यू–१९ महिला एसिया कपमा भारत र श्रीलंका विजयी

आइतबार, मंसिर ३०, २०८१

काठमाडौँ :यू–१९ बर्ष मुनिको महिला एसिया कप क्रिकेटमा भारत र श्रीलंकाले विजयी सुरुवात गरेका छन् ।

मलेसियाकाके क्वालालाम्पुरमा आइतवार भएको पहिलो खेलमा श्रीलंकाले मलेसियालाई ९४ रनले हराउँदा दोस्रो खेलमा भारतले पाकिस्तानमाथि ९ विकेटको शानदार जित हात पारेको हो ।

जितकालागि श्रीलंकाले दिएको १५४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ५९ रन मात्रै बनाउन सक्यो ।

दोस्रो खेलमा जितकालागि पाकिस्तानले दिएको ६८ रनको झिनो लक्ष्य  भारतले ७ दशमलब ५ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो ।

प्रतियोगिता अन्तर्गत सोमवार बंगालादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा नेपालले पाकिस्तानसंग खेल्नेछ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्