सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तिम चरणमा आईपुगेको छ ।
लिग चरण अन्तर्गत हुने कूल २८ खेलमध्ये आइतवार सम्म २७ खेल सकिँदा प्लेअफमा पुग्ने तीन ओटा टोलीको टुंगो लागेको छ । अहिलेसम्म सुदूरपश्चिम प्रदेश,जनकपुर बोल्ट्स् र चितवन राईनोज गरी तीन टोलीले प्लेअफमा स्थान बनाउँदा अब एक टोलीको टुंगो लाग्न बाँकी छ ।
कर्णाली याक्स र काठमाण्डु गुर्खाजमध्ये चौथो स्थानमा रहँदै एक टोलीले प्लेअफमा स्थान बनाउनेछ । कर्णाली याक्स र सुदूरपश्चिमबीच भोली सोमवार हुने लिग चरणको अन्तिम खेलबाट प्लेअफमा पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ ।
काठमाण्डुको तुलानामा कर्णालीको रनरेट राम्रो रहेकाले कर्णालीको प्लेअफ सम्भावना निकै बलियो देखिएको छ । एनपिएलमा सहभागि आठ टोलीमध्ये तीन टोली लुम्बीनी लायन्स,पोखरा एभेन्जर्स र विराटनगर किंग्स प्रतियोगिताबाट बाहिरिएका छन् ।