ADD FOR WEBSIDE ADD FOR WEBSIDE
ललितपुर मेयर कप :

एपिएफविरुद्ध वाग्मती पहिले ब्याटिङमा

सोमबार, वैशाख ३१, २०८१

काठमाडौँ : ललितपुर मेयर कप टि–२० महिला क्रिकेटमा एपिएफविरुद्ध वाग्मतीले पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेको एपिएपले फिल्ङि राजेपछि वाग्मती प्रदेशले ब्याटिङको निम्तो पाएको  हो । एपिएफ लगातार दोस्रो जितको खोजिमा रहँदा बाग्मती पहिलो जित निकाल्न चाहान्छ ।

त्रिवि मैदानमै दिउँसो १ः३० बजे हुने दोस्रो खेलमा कोशी प्रदेशर सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा ललितपुर ११ लाई पराजित गर्दै उच्च लयमा रहेको सुदुरपश्चिम लगतार दोस्रो जितको खोजिमा हुनेछ । कोशी पहिलो जित निकाल्न चाहान्छ ।

आईताबर भएको पहिलो खेलमा कोशी एपिएफसंग २४ रनले पराजित भएको थियो ।चौथो संस्करणमा ललितपुर मेयर ११ ,सशस्त्र प्रहरीको एपिएफ, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश ,मद्येश प्रदेश र  कोशी प्रदेशी गरी ६ टोलीको सहभागिता छ । प्रतियोगिताको शिर्ष दुईमा पुग्ने टोली फाईनलमा पुग्ने छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्