ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एनपिएलमा कर्णाली र सुदूरपश्चिम भिड्दै

सोमबार, पुस १, २०८१

काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमवार लिगचरणका अन्तिम एक खेल हुनेछ ।

बिहान ९ बजे त्रिवि क्रिकृट मैदान किर्तिपुुरका हुने लिगको अन्तिम खेलमा कर्णाली याक्स र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुन लागेको हो । शिर्ष स्थानमा रहँदै प्लेअफमा पुगिसकेको सुदूरपश्चिम बिना दबाब मैदानमा उत्रने छ । यहि खेलको नतिजाबाट प्लेअफ पुग्ने अन्तिम एक टोलीको टुंगो लाग्नेछ । 

प्लेअफमा पुग्ने तीन टालीको भने छिनोफानो भईसकेको छ ।

आजको खेलमा सुदूरपश्चिम पराजित भएमा कर्णाली प्लेअफमा पुग्ने चौथो टोली बन्ने छ । अन्तथा काठमाण्डु गुर्खाजले प्लेअफमा स्थान बनाउने देखिन्छ । यसअघि आईतवार दिपेश कँडेल नायक बन्दा हारिसकेको खेलमा काठमाण्डुले विराटनगरविरुद्ध एक विकटको रोमाञ्चक जित निकालेको थियोे । जितकालागि विराटनगर किङ्सले दिएको ११८ रनको लक्ष्य काठमाण्डुले १८.१ ओभरमा ९ विकेट गुमाएर भेट्टायो ।

जितकालागि १२ बलमा २ रनको आबश्यकता रहँदा ९ विकेट गुमाईसको अबस्थामा कँडेलले सुभाष भण्डारीको बलमा चौका प्रहार गर्दै जित दिलाएका हुन् ।  उसकालागि प्रकाश श्रेष्ठले सर्वाधिक ३९ रनको योगदान गरे । ३४ बल खेलेका उनले २ चौका र एक छक्का प्रहार गरे ।

राशिद खानले १४,ग्रेहार्ड इरास्मसले १२,दिपेश कँडेलले नटआउट ११ तथा माईकल लेभिटले १० रन जोडे । बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिएका थिए ।

विराटनगरले जित निकालेको भए आईतवारनै प्लेअफ पुग्ने चार टोलीको टुंगो लाग्ने थियो । 
 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्