ADD FOR WEBSIDE ADD FOR WEBSIDE
महिला प्रिमियर लिग

वेस्ट इन्डिजकी डिआन्द्रा सबैभन्दा महंगा विदेशी खेलाडी

गुजरातले १ करोड ७० लाखमा किन्यो
सोमबार, पुस १, २०८१

काठमाडौँ :वेस्ट इन्डिजकी डिआन्द्रा डोटिन सन् २०२५ मा हुने महिला प्रिमियर लिग (डब्लुपिएल ) को मिनी अक्सनमा सबैभन्दा महंगा खेलाडी बनेकी छन् ।

भारतको बेंगलुरुमा आईतवार भएको अक्सनमा उनी सबैभन्दा महंगो विदेशी खेलाडी बन्न पुगिन् । उनलाई गुजरात जायन्ट्सले  १ करोड ७० लाख रुपैयामा किनेको हो । गुजरातले चार खेलाडीकालागि ४ करोड खर्च गरेको छ । जसमा दुई स्वदेशी र दुई विदेशी खेलाडी रहेका छन् ।

मुम्बईबाट घरेलु क्रिकेट खेल्ने अलराउन्डर सिमरन शेख मिनी लिलामीमा सबैभन्दा महँगो खेलाडी बनिन् । उनलाई गुजरात जायन्ट्सले १ करोड ९० लाखमा किनेको हो । उनको आधार मूल्य ३० लाख रुपैयाँ थियो । उनलाई दिल्ली क्यापिटल्सले पनि बोली लगायो तर अन्तिममा गुजरातले किन्न सफल भयो ।  गु

जरातले डेनिल गिबसानलाई ३० लाख र प्रकासशया नायकलाई १० लाखमा टोलीमा भित्र्याएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्