सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागेको छ ।
आज भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भएको कर्णाली याक्स नेटरनरेटमा काठमाडौं गुर्खाजलाई पछाडि पार्दै प्लेअफमा पुगेको छ । यस्तै कर्णालीलाई पराजित गरेको सुदूरपश्चिमले नेटरनरेटका आधारमा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर पक्का गरेको छ ।
अब सुदूरपश्चिम र जनकपुर बोल्ट्सले पहिलो क्वालिफायर खेल्दा चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्नेछन् । आज बिहानको खेलमा कर्णालीले दिएको १ सय २ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि इशान पाण्डे र दिपेन्द्र सिंह ऐरीले समान ३८ रन जोडे ।
कर्णालीका सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा पूरै विकेट गुमाएर १ सय १ रन जोडेको थियो ।
उसका लागि जिसन मक्सुदले सर्वाधिक ३० रन जोडे । सुदूरपश्चिमका हरमीत सिंहले ३ तथा दीपेन्द्रसिंह ऐरी र स्कट कुगेलाइनले २–२ विकेट लिए । एनपीएलमा अब पहिलो क्वालिफायर खेल पर्सि हुनेछ ।