सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :यू–१९ महिला एसिया कप क्रिकेटमा पाकिस्तानले नेपालसामु १०५ रनको लक्ष्य दिएको छ ।
मलेसियामा टस जितेर पहिले ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रन बनायो । उसकालागि कोमल खानले सर्वाधिक ३८ रनको योगदान गरिन् ।
महाम अनिषले नटआउट २९ रन जोडिन् । रबिल परहानले २३ तथा कप्तान जुफिशान अय्याजले १२ रन बनाईन् । बलिङतर्फ पूजा महत्तोले दुई विकेट हात पारिन् ।