ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एकदिवशीय क्रिकेटमा हङकङले नेपाललाई ११४ रनको लक्ष्य दियो

सोमबार, पुस १, २०८१

काठमाडौँ :यू–१९ एक दिवशीय क्रिकेटमा हङकङले नेपाललाई ११४ रनको चुनौति पेश गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले ४१.१ ओभरमा सवै विकेट गुमाउँदै ११३ रन बनाएको थियो ।उसकालागि अब्दुल सामदले अर्धसकिय पारी खेले । ९८ बल खेलेका उनले ५ चौका प्रहार गर्दै ५० रनमा अविजित रहे ।

कप्तान शिभ माथुरले २० तथा प्रित मंगुकियाले ११ रन बनाए पनि अन्य ब्याटरले दोहो रो अंकको रन बनाउन सकेनन् ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए ।
 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्