सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :हङकङ विरुद्धको यू–१९ एक दिवशीय क्रिकेटमा नेपाल विजयी भएको छ ।
आज भएको पहिलो खेलमा नेपालले हङकङलाई ३ विकेटले पराजित गरेको हो । जितकालागि हङकङले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २६.४ ओभरमा ७ विकेटको क्षतिथमा पुरा गर्यो ।
नेपालको जितमा सिब्रिन श्रेष्ठले सर्वाधिक २३ रनको योगदान गरे । दिलसाद अलीले नटआउट १८ तथा सन्तोष यादवले १५ रन बनाउँदा कप्तान अभिषेक तिवारीले १० रन जोडे ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले ४१.१ ओभरमा सवै विकेट गुमाउँदै ११३ रन बनाएको थियो ।उसकालागि अब्दुल सामदले अर्धसकिय पारी खेले । ९८ बल खेलेका उनले ५ चौका प्रहार गर्दै ५० रनमा अविजित रहे ।
कप्तान शिभ माथुरले २० तथा प्रित मंगुकियाले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।हङकङलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए ।