ADD FOR WEBSIDE ADD FOR WEBSIDE
यू–१९ महिला एसिया कप

पाकिस्तानविरुद्ध नेपालको ऐतिहासिक जित

सोमबार, पुस १, २०८१

काठमाडौँ : यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरको छ । आज भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपालले ऐतिहासिक जित निकालेको हो । जितकालागि पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा भेटयो ।

नेपालको जितमा कप्तान पूजा महत्तोले बिस्फोटक ब्याटिङगर्दै सर्वाधिक ४७ रनको योगदान गरिन् । उपकप्तान सोनी पाख्रिनले १३ रन जोडिन् । सीमाना केसीले १२ ,साना प्रविनले १० तथा साबित्री धामीले ८ रन बनाईन् ।

 त्यसअघि मलेसियाको बायोमास ओभलमा  टस जितेर पहिले ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रन बनायो । उसकालागि कोमल खानले सर्वाधिक ३८ रनको योगदान गरिन् । महाम अनिषले नटआउट २९ रन जोडिन् । रबिल परहानले २३ तथा कप्तान जुफिशान अय्याजले १२ रन बनाईन् । बलिङतर्फ पूजा महत्तोले दुई विकेट हात पारिन् ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्