ADD FOR WEBSIDE ADD FOR WEBSIDE
ललितपुर मेयर कप :

बागमतीले दियो एपिएफलाई ७४ रनको लक्ष्य

सोमबार, वैशाख ३१, २०८१

काठमाडौँ :ललितपुर मेयर कप टि–२० महिला क्रिकेटमा बागमती प्रदेशले एपिएफ सामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेको एपिएपले फिल्ङि राजेपछि सुरुवाती ब्याटिङ थालेको वाग्मतीले निर्धारित २० ओभरमा ६  विकेट गुमाएर ७३ रन बनायो ।

उसकालागि हेलिसा गुरुङले सर्बाधिक ३१ तथा  खुशी डङ्गोलले १४ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् । 

बागमतीलाई सस्तैमा समेट्ने क्रममा बलि तर्फ करुणा भण्डारीले सर्बाधिक ४ विकेट लिईन् । २ विकेट सिता राना मगरको नाममा रह्यो । एपिएफ लगातार दोस्रो जितको खोजिमा रहँदा बाग्मती पहिलो जित निकाल्न चाहान्छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्