ADD FOR WEBSIDE ADD FOR WEBSIDE

धुर्मुस-सुन्तलीले बनाउन नसकेको रङ्गशालामा प्याराफिट निर्माण सुरु

सम्झौता मितिभन्दा अघिनै काम सक्ने तयारी
सोमबार, पुस १, २०८१

काठमाडौँ :गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्याराफिट निर्माणको काम सुरु भएको छ ।

आर्थिक रकम जुटाउन नसक्दा  धुर्मुस सुन्तली फाउण्डेशनले काम गर्न नसकेपछि बागमती प्रदेश र सङ्घीय सरकारको समन्वयमा भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माण अगाडि बढाएको हो ।

चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु भएको हो ।स्ट्याण्ड–१ मा प्याराफिट निर्माण सुरु भएको भएको छ । त्यसपछि क्रमशः २, ३ र ४ नम्बर स्ट्याण्डमा प्याराफिट निर्माण थालिने तयारी भईरहेको छ । नयाँ सम्झौताअनुसार भइरहेको काम हालसम्म १३ प्रतिशत सकिएको छ ।

रङ्गशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले दुई वटा भीआइपी टावर, १० हजार क्षमताको प्याराफिट, मैदान र पीच निर्माणको काम गर्नेछ ।

धुर्मुस सुन्तली फाउण्डेशनले यसअघि नै पाँच हजार क्षमताको प्याराफिट निर्माण गरिसकेकाले यो काम सकिएपछि रङ्गशालाको क्षमता १५ हजार पुग्नेछ ।

गत असार २३ गते  ७८ करोड ५० लाखमा ३० महिनाभित्रमा काम सक्ने गरी भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्