सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भारतीय खेलाडी जसप्रित बुमराहलाई बाँदर भनेपछि महिला कमेन्टेटरले माफी माग्नु परेको छ ।
इङ्ल्यान्डका पूर्व क्रिकेटर तथा फक्स स्पोर्ट्स कमेन्टेटर इसा गुहाले जसप्रित बुमराहलाई जातिय टिप्पणीका लागि माफी मागेका छन् । इसाले गत आइतवार बोर्डर–गावस्कर ट्रफी (बिजिटी) को गाब्बा टेस्टको दोस्रो दिन कमेन्ट्रीका क्रममा बुमराहका लागि प्राइमेट शब्द प्रयोग गरेकी थिईन् । प्राइमेटको अर्थ बाँदर पनि हो ।
बुमराहमाथि प्रयोग भएको शब्द भाईरल बनेपछि अन्तत इशाले माफी मागेकी हुन् । आइतबार कमेन्ट्रीका क्रममा मैले एउटा शब्द प्रयोग गरें जसको अर्थ धेरै छ । "सर्वप्रथम म माफी चाहन्छु" उनले भनेकी छन् । मैले प्रयोग गरेकी शब्ले बुमराहलाई चोट चोट पुर्याएको छ त्यसकालागि म माफी चाहन्छु ।
ईसा गुहा अहिलेको उत्कृष्ट महिला कमेन्टेटरमध्ये एक हुन् । उनी विश्वभरका लिग, सिरिज र आईसीसी टूर्नामेंटमा कमेन्ट्रिी गर्ने गर्छिन् । बुमराहाको प्रशंसा गरिरहेको बेला गलत शब्द फुस्किएको उनको भनाई छ ।