ADD FOR WEBSIDE ADD FOR WEBSIDE
यू–१९ महिला एसिया कप

नेपालले भारतलाई दियो ९५ रनमो लक्ष्य

मंगलबार, पुस २, २०८१

काठमाडौँ :यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले भारतसामु जितकालागि ९५ रनको लक्ष्य पेश गरेको छ ।

मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महत्तोले सर्वाधिक २५ रन जोडिन् । अलिशा कुमारी यादवले नटआउट २० रन बनाउँदा अन्य कुनै पनिब्याटरले दोहोरो अंकको रन बटुल्न सकेनन् । साना प्रविनले ९ तथा ज्योत्सनिका मरासीनीले ६ रन जोडिन् ।

साबित्री धामी र  रचना कुमारी चौधरील समान ३-३ रन बनाउँदा ,अनु कडायत र कुसुम कोदारले समान एक-एक रन जोडिन् । सीमाना केसीले खातानै खोल्न सकिनन् ।

बलिङतर्फ पारुनिका सिसोदियाले सर्वाधिक ४ विकेट लिईन् ।

पाकिस्तानविरुद्ध एतिहासिक जित निकालेको नेपाल भारतलाई हराउँदै अर्को ईतिहास कोर्ने दाउमा छ । समुह ’ए’बाट भारत र नेपाल सुपर फोरमा पुगेका छन् । लगातार दुई खेलमा पराजित पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

समुह ’बी’बाट बंगालादेश र श्रीलंका सुपर फोरमा पुग्दा मलेसिया बारिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्