ADD FOR WEBSIDE ADD FOR WEBSIDE
यू–१९ महिला एसिया कप

भारत र नेपालको खेल नतिजाविहिन,  दुवै टोली सुपर फोरमा

मंगलबार, पुस २, २०८१

काठमाडौँ :यू–१९ महिला एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल नतिजा विहिन सकिएको छ ।

जितकालागि नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको भारतले ३.१ ओभरको खेल सकिदाँ विना विकेटको क्षतिमा २८ बनाउदाँ पानी परेपछि खेल अवरुद्ध भएको हो ।

बर्षाका कारण खेल मैदान भिजेपछि अम्पायरले खेल नतिजा बिहिन भएको घोषणा गरेका थिए । उक्त समयमा भारती टोलीले शानदार सुरुवात गरिरहेको थियो । गोंगडी त्रिशा १७ तथा जी कामिलिनी ८ रनमा अविजित रहेकी थिईन्  ।

त्यसअघि मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महत्तोले सर्वाधिक २५ रन जोडिन् । अलिशा कुमारी यादवले नटआउट २० रन बनाउँदा अन्य कुनै पनिब्याटरले दोहोरो अंकको रन बटुल्न सकेनन् ।

साना प्रविनले ९ तथा ज्योत्सनिका मरासीनीले ६ रन जोडिन् । साबित्री धामी र  रचना कुमारी चौधरील समान ३–३ रन बनाउँदा ,अनु कडायत र कुसुम कोदारले समान एक–एक रन जोडिन् । सीमाना केसीले खातानै खोल्न सकिनन् ।

बलिङतर्फ पारुनिका सिसोदियाले सर्वाधिक ४ विकेट लिईन् । नतिजा बिहिन पछि भारत र नेपाल सुपर फोरमा प्रवेश गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्