सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको फाईनल प्रवेशकालागि आज सूदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुदैँछ ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा दिउँसो एक बजे हुने पहिलो क्वालीफायर खेलमा दुवै टोली जित निकाल्दै फाईनल पुग्ने योजनामा हुनेछ । विजेता टोलीले सिधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले फाईनल पुग्ने अर्को एक मौका पाउनेछ ।
उक्त टोलीले एलिमीनेटरको विजेता टोलीसंग खेल्नुपर्नेछ । उक्त खेलमा जित निकाले फाईनल पुग्नेछ भने पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ । एलिमीनेटरमा आजै चितवन राईनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल बिहान ९ बजे हुनेछ ।
बिजेता टोलीले फाईनलमा पुग्न पहिलो क्वालीफायरमा पराजित टोलीसंग खेल्नुपर्नेछ । दोस्रो क्वालीफायर बिहीवार दिउँसो १ बजे हुनेछ । विजेता टोलीले उपाधिकालागि क्वालीफायर -१ को विजेतासंग खेल्नेछ ।