ADD FOR WEBSIDE ADD FOR WEBSIDE
ललितपुर मेयर कप :

एपिएफको लगातार दोस्रो जित,बागमती ८ विकेटले पराजित

सोमबार, वैशाख ३१, २०८१

काठमाडौँ : ललितपुर मेयर कप टि–२० महिला क्रिकेटमा एपिएफले लगातार दोस्रो जित निकालेको छ । सोमवार  भएको आफ्नो दोस्रो खेलमा बागमती प्रदेशलाई ८ विकेटले हराउँदै एपिएफले सहज जित दर्ता गरेको हो ।

जितकालागि बागमतीले दिएको ७४ रनको लक्ष्य एपिएफले ११ ओभर खेल्दै मात्र २ विकेटको क्षतिमा भेट्टायो । एपिएफको जितमा ममता चौधरीले सर्बाधिक ३५ रनको योगदान गरिन् । ३२ बलको समना गरेकी उनले ५ चौका प्रहार गर्दै ३५ रनमा अविजित रहिन् । ईन्दु वर्माले १७,कप्तान सिता रानामगरले ११ तथा राजमती एैरीले १० रन जोडिन् ।

त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेको एपिएपले फिल्ङि राजेपछि सुरुवाती ब्याटिङ थालेको वाग्मतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर रन बनायो ।

उसकालागि हेलिसा गुरुङले सर्बाधिक ३१ रन  तथा खुशी खुशी डङ्गोलले १४ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् । बागमतीलाई सस्तैमा समेट्ने क्रममा बलि तर्फ करुणा भण्डारीले सर्बाधिक ४ विकेट लिईन् । २ विकेट सिता राना मगरको नाममा रह्यो । जितसंगै शिर्ष स्थानको एपिएफले ४ अंक जोडेको छ ।

एपिएफ र बागमतीबीच भएका खेलका तस्वीरहरु :

sportshubnews00-1715582722.jpg

sportshubnews01-1715582722.jpg

sportshubnews02-1715582727.jpg

sportshubnews03-1715582730.jpg

sportshubnews04-1715582729.jpg

 

 


 

 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्