ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कर्णाली याक्स क्वालीफायरमा, चितवन बाहिरियो

बुधबार, पुस ३, २०८१

काठमाडौँ :कर्णाली याक्सले नेपाल प्रिमियर लिगको फाईनल सम्भावना बलियो बनाएको छ ।

आज भएको एलिमीनेटरमा चितवन राइनोजलाई २१ रन हराउँदै कर्णालीले फाईनल सम्भावना बलियो बनाएको हो । जितकालागि कणौली दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले  ९ विकेट गुमाएर १५५ रन बनाएको थियो।

चितवनका लागि रवि बोपरा ५३, कप्तान कुशल मल्ल २१, विपिन रावल १८, लुक बेन्स्किन्स १६, अमर रौठेल ९ सन्तोष कार्की ६, रिजन ढकाल ७,सोहेल तान्विर ४,  हसन एइसखाइलले एक रन बनाएका थिए। कर्णालीका लागि जिसद मक्सुद तीन, कप्तान सोमपाल कामी र नन्दन यादव दुई विकेट  र विपिन शर्माले एक विकेट लिए ।

कर्णालीका तीन विदेशी खेलाडी चल्दा कर्णालीले १७६ को विशाल लक्ष्य दिएको थियो । कर्णालीका लागि जयकिशन कोल्सावाला ५३, विलियम बसिस्टो ५२, जिसन मक्सुद १४, देव खनाल ३ बलमा रन आउट भए भने गुलशन झा र रित गौतम शून्य आउट भए।  चितवनका लागि सोहेल तान्विरले दुई, कप्तान कुशल मल्ल, रवि बोपराले समान एक विकेट लिए ।

दुवै टिमले लिग चरणमा ७ मध्ये ४ खेल जित्दै ८ अंक सहित प्लेअफमा स्थान बनाएका हुन् । पराजित चितवन प्रतियोगिताबाट बाहिरिएको छ ।

कर्णालीले अब पहिलो क्वालीफायरमा हार बेहोर्न टिमसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।
 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्