ADD FOR WEBSIDE ADD FOR WEBSIDE
ललितपुर मेयर कप :

सुदुरपश्चिमसंग १९ रनले हार्‍यो कोशी प्रदेश

सोमबार, वैशाख ३१, २०८१

काठमाण्डौ : कोशी प्रदेशलाई हराउँदै सुदुरपश्चिम प्रदेशले ललितपुर मेयर कप टि–२० महिला क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा सोमवार भएको खेलमा सुदुरपश्चिमले कोशलाई १९ रनले पराजित गरेको हो ।

जितकालागि ११३ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सक्यो । उसकालागि काजल श्रेष्ठले सर्बाधिक ३३ तथा कप्तान अप्सरी वेगमले २३ रन बनाएपनि अन्य खेलाडीले दोहारो अंकको रन बनाउन सकेनन् ।

त्यसअघि टस जितेर सुरुवाती ब्याटिङ थालेको सुदुरपश्चिमले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ११२ रन बनाएको थियो । सुदुरपश्चिमका लागि सम्झना खड्काले अर्धसतकिय पारी खेल्दै सर्बाधिक ५४ रनको योगदान गरिन् ।

ऋतु कनौजियाले २३ तथा कप्तान बिन्दु रावलले १४ रन जोडिन् । जितसंगै ४ अंक जाडेको सुदुरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

समान अंक भएपनि सशस्त्र प्रहरीको एपिएफ नेट–रनरेटका आधारमा शिर्ष स्थानमा छ । कोशीको भने यो लगातार दोस्रो हार हो । जारी लिगमा कोशी र बागमतीले जित निकाल्न सकेको छैन ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्