सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय टोलीका खेलाडी कुशल मल्लले संयुक्त अरब इमिरेट्स (यूएई) को इन्टरनेशनल लिग टी–२० क्रिकेट खेल्ने भएका छन् ।
चोटका कारण नेदरल्यान्ड्सका अलराउन्डर बास डी लीडे प्रतियोगिताबाट बाहिरिएपछि कुशल मल्लले उनको स्थान लिएका हुन् । मल्ल इन्टरनेशनल लिग टी–२० क्रिकेटका लागि डेजर्ट भाइपर्समा अनुबन्ध भएका हुन् । डेजर्ट भाइपर्स क्रिकेटका निर्देशक टम मुडीले कुशल मल्ललाई टोलीमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् ।
मल्लले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा ८ खेलमा २ सय २७ रन बनाउका थिए । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडीको पाँचौं स्थानमा छन् ।