ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एएफसी क्लब लाइसेन्स चर्च ब्वाइज र आर्मीलाई

सोमबार, वैशाख ३१, २०८१

काठमाण्डौँ :चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लबले एएफसी क्लब लाइसेन्स पाएका छन् । लाईसेन्स पाएसंगै प्रतिष्ठित एएफसी कपमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ । एन्फाको क्लब इजाजतपत्र इकाई निर्णय गर्ने निकाय फर्स्ट इन्स्टेन्स बडी (एफआईबी) ले गरेको गहन समीक्षा प्रक्रिया पछि ‘ए’ डिभिजन क्लब आर्मी र चर्च ब्वाइजलाई लाइसेन्स प्रदान गरिएको अखिल नेपाल फुटवलसंघ एन्फाले जनाएको छ ।

सन् २०२४/२५ सिजनका लागि प्रतिष्ठित एएफसी कपमा प्रतिस्पर्धा गर्न एएफसी क्लब लाइसेन्स प्रदान गरिएको हो । एएफसी कपमा नेपालको प्रतिनिधित्व ‘ए’ डिभिजन लिग च्याम्पियन्स चर्च ब्वाइज युनाइटेडले गर्ने पनि एन्फाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  २२:२५
प्रतिक्रिया दिनुहोस्