HOLI HOLI

जय ट्रफीको खेलतालिका सार्वजनिक

बिहीबार, पुस ११, २०८१

काठमाडौँ :नेपाल क्रिकेट संघ (क्यान) ले जय ट्रफीको खेलतालिका सार्वजनिक गरेको छ ।

क्यानले आज पुर्व अध्यक्ष जय कुमार शाहको नाममा यस प्रतियोगितालाई ‘जय ट्रफी’ मेन्स एलिट कप नामाकरण गर्दै खेल तालिका सार्वजनिक गरेको हो । जय ट्रफी आगामी  पौष २१ देखि माघ ३ गतेसम्म पर्सा र जनकपुरमा आयोजना हुने क्यानले जनाएको छ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश) गरी चार टोलीले  सहभागीता जनाउने छन् । सिङ्गल राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष २ टोली र्फानलमा पुग्नेछ ।

खेलहरु बिहान ९:३० बजे सुरु हुनेछ ।
471502927_1028003416022705_6213090518117245894_n-1735219313.jpg
 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्