सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र एभर्टन बराबरीमा रोकिएका छन् ।
शुक्रवार बिहान भएको खेलमा दुबै टोलीले १–१ को बराबरी खेलेका हुन् । खेलको १४औं मिनेटमा सिल्भाको गोलमार्फत सिटीले अग्रता लिएपनि ३६औं मिनेटमा एनडिआयीले एभर्टनका लागि बराबरी गोल फर्काए ।
सिटीले ५३औं मिनेटमा अग्रता लिने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
एर्लिङ हाल्यान्ड पेनाल्टीमा चुक्न पुगेका थिए । उनको प्रहार एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए ।